लायन्स क्लब अफ दमक इस्टर्न लाइनकाे पद हस्तान्तरण सम्पन्न, क्लबकाे जिम्मा युवराज लाइ

0
683

झापा । लायन्स क्लब अफ दमक इस्टर्न लाइनकाे कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका छन् ।

आज दमकमा एक कार्यक्रमकाे आयोजना गरी २०१९-२० का अध्यक्ष  तुलसिराम तिम्सिना सहितको कार्यसमितिले वर्ष २०२०-२१ का अध्यक्ष  जितेन्द्र खत्री (युवराज)  को नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । निर्वतमान कार्यसमितिका काेषाध्यक्ष स्वीकार श्रेष्ठले क्लबले बर्षभरि गरिएकाे कामकाे खर्च बिवरण सार्वजनिक गरी क्लबकाे हिसाब नयाँ कार्यसमितिका काेषाध्यक्ष उत्सब प्रसाइ लाइ हस्तान्तरण गरेका छन्।

त्यस्तै आजैबाट प्रथम उपाध्यक्षकाे जिम्मेवारी गंगादेव चौधरीले सम्हालेका छन् भने दितीय उपाध्यक्ष युवराज गजमेर, तृतीय उपाध्यक्ष राज अग्रवाल ,सचिव बुद्वि सागर बराल (बिमल), सहसचिवमा स्वीकार श्रेष्ठ र कोषाध्यक्षकाे जिम्मेवारी उत्सव प्रसाइले सम्हालेका छन् ।

लायन्स क्लब ३२५ ए वान का  एरीया चिफ  बबर जगं थापा  (किरण)काे  प्रमुख अतिथि भएकाे कार्यक्रममा बाेल्दै क्लबका निर्वतमान अध्यक्ष तुलसी राम तिम्सनाले  समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले  १६६ वटा काम गरी डिस्ट्रिक ३२५ ए वानकाे उत्कृष दाेस्राे  भएकाेमा  खुशी ब्यक्त गर्दै कार्यकाल भरी साथ र सहयाेग सबैलाइ धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष  तिम्सनाले आफ्नाे कार्यकालमा बिभिन्न क्षेत्रमा सहयाेग प्रदान गर्ने  क्लबका सदस्य, क्लबका अग्रजहरू लाइ मायाकाे चिनाे प्रदान गरे त्यस्तै नया समितिका अध्यक्ष खत्रिले पनि आफ्नाे कार्यसमिति पदाधिकारीहरु मायाकाे चिनाे प्रदान गरेकाे थिए । कार्यक्रममा बाेल्दै नयाँ कार्य समितिका अध्यक्ष जितेन्द्र खत्री (युवराज)  ले आफुले  पनि सेवामुलक काम गरेर क्लबकाे ख्याती लाइ झनै बढाएर लैजाने बताए ।

प्रमुख अतिथि  एरीया चिफ  बबर जगं थापा  (किरण), एरीया कोअर्डीनेटर प्रहर क्षेत्री,जोन चियर पर्सन पवन अधिकारी, रिजन चेयर पर्सन राम चन्द्र बराल, कल्चर एण्ड हेरिटेज चिफ गाेपाल अग्रवाल, लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष सन्दिप बस्नेत, लायन्स क्लब अफ दमक धनेश्वरका अध्यक्ष किरण भण्डारी, लियाे क्लब अफ दमकका  अध्यक्ष संजय जंग थापा लगायतले बोल्दै क्लबले समाजमा गरेका कामहरुको प्रशंसा सहित आगामी सफलकार्यकालकाे लागी नयाँ समिति लाइ शुभकामना दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ इस्टर्न लाइन पुर्व अध्यक्ष बिमल शर्मा, लायन्स क्लब अफ दमक युनाइटेडका सचिब साजन श्रेष्ठ, क्लबका पधादीकारी नयाँ सदस्य संचारकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे भने साेही कार्यक्रमा क्लबले आफ्ना  १५ जना नयाँ सदस्य क्लबमा प्रवेश गराएकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here