झापाको दमकमा एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि

0
4075

झापा,५ असार / दमकमा आज एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट गत जेठ ३० गते नेपाल आएर ३१ गते दमक आईपुगेकी २९ बर्षिया महिलाको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालीका क्वारेन्टाईन व्यवस्थापन समितिका स्वास्थ्य सचिव तथा दमक नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिए ।

कुवेतबाट आई सुरक्षित रुपमा क्वारेन्टाईनमा बसेकी दमक १ स्थयी घर भएकी महिलाको गत असार २ गते स्वाव संकलन गरिएको थियो । बिराटनगस्थित प्रादेशीक प्रयोगसालामा गरिएको परिक्षणमा उनको कोरोना संक्रमण पोजेटिभ देखिएको भट्टराईले बताए ।

संक्रमित महिलालाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाईएको छ । बिदेशबाट सुरक्षित रुपमा नेपाल आईपुगेर क्वारेन्टाईनमा बसेकाले समुदायमा भने आत्तिन नपर्ने दमक नगरपालिकाका स्वास्थ्य अधिकृत बद्रि बरालले बताए । क्वारेन्टाईनमा बसेकी महिलामा कोरोना संक्रमण देखिएकाले समुदायमा यसको असर नहुने समेत बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here