दमकमा पूर्वाधार सेवा ‍(पटके) कर खारेजी गर्न व्यवसायीहरुको माग

0
613

दमक, ५ असार /  संबिधान र अन्य कुनै ऐनमा नभएको पटकेकर असुल्न दमक नगरपालीकाले सुरु गरेपछि त्यसको बिरोध हुन थालेको छ ।

नगरपालिकाले टिपर, ट्याक्ट्रर, ट्रक, टेम्पो, ईरिक्सा लगायतका यातायात ब्यवसायीहरुसंग पुर्वाधार सेवा उपयाेग गर्ने सवारी धनिहरूलाइ  करको नाममा पटके कर असुल्न सुचना गरेपछि सरोकारवाला निकायले त्यसको बिरोध गरेका छन् । सवारी साधान खरिद गर्दानै बिभिन्न शिर्षकका कर तिरिएको भन्दै उद्योग बाणिज्य संघ दमकको अगुवाईमा ब्यवसायीहरुले त्यस्तो करको खारेजी गर्न माग सहित नगरपालीकालाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाले आगामी आ.व. २०७७/०७८ मा पुर्वाधार सेवा उपभोग गर्ने सवारी धनीहरुले वार्षिक रुपमा पुर्वाधार विकास कर बुझाउन गत असार १ गते सूचना प्रकाशित गरेको थियो । तर सवारी साधन खरिद गर्दानै बिभिन्न शिर्षकहरुमा करहरु बुझाईने भएकोले लकडाउनको मागरमा परेको व्यवसायीहरुमाथि थप करको भार नथोपर्न उनिहरुले आग्रह गरेका छन् ।
स्थानिय सरकारले व्यवसायीक वातावरण बनाउनु पर्नेमा विभिन्न शिर्षकमा कर मात्रै उठाउने गर्दा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बताए । पुर्वाधार सेवाको नाउँमा लिने पटके कर पुर्ण रुपमा खारेज गर्नु पर्ने सराेकार वालाहरूकाे माग रहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here