‘कलेज लाईफ’ को प्रोमो सार्वजनिक

0
382

काठमाडौ । वाईटेक प्रालिको उत्पादनमा वेभ सिरिज “कलेजलाईफ” को दोश्रो प्रोमो सार्वजनिक गरिएको छ ।

अहिलेको विश्व बजार आधुनिकता र परिवर्तनशिल युग को एक चरण हो । यसबेला आधुनिकताले दुनियाँको ध्यानलाई एक बेग्लै संसारको परिकल्पना तर्फ मोडि दिएको छ ।

प्रतिक्रियाका लागि प्रोमो यहाँ प्रस्तुत गरिएको छ । उक्त वेभ सिरिजको पूरा अंश केहिदिनमा सवालनेपालको युट्युब च्यानल मार्फत प्रकाशित गरिने बताईएको छ ।

बिशेष गरि युवा बर्गहरु नवीन शैली र प्रबिधी तर्फ अलिक बढी आकर्षित र प्रतिस्पर्धि देखिन्छन् । बढ्दो स्वतन्त्रता र बदलिंदो संसारले युवा वर्ग लाई कसरी प्रभाव पारिरहेको छ त ? खासगरी बिधालय तहको पढाइ सकिए पछि एक छुट्टै रंगमन्च , हरेक युवाहरुको वर्तमान र भबिस्यप्रती चिन्ता तथा कौतुहलता लगायत वर्तमान समाजको दिशानिर्देश लाई परिकल्पना गरि यस वेभ श्रृङ्खलाको निर्माण गरिएको हो ।

यसको उत्पादन वाईटेक प्रालि तथा डिजिटल पार्टनरमा सवालनेपाल रहेको छ भने स्क्रीप्ट लेखक तथा निर्देशनमा सुवास सुवेदी तथा भिडियोको सम्पादन ज्ञानेन्द्र कोइरालाले गरेका छन् ।

भिडियोको प्रोमो यहाँ प्रस्तुत गरिएको छ :

https://youtu.be/QA6nKRbz2aI

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here