प्रदेश १ लाई चाँडै कोरोनामुक्त प्रदेश बनाईने : मन्त्री घिमिरे

0
491

दमक/जेठ ३१/ प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन्।

प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने उनले बताए । प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज विहान भएको अनलाईन संवादमा मन्त्री घिमिरेले कोरोना संक्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा संक्रमण नियन्त्रणमा आईसकेको बताए । पछिल्लो समय क्वारेन्टाईनमा रहेकाहरुमा संक्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेको भनाई छ ।

समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने मन्त्री घिमिरेको दावी छ । स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाईनहरु अव्यवस्थित हुँदा क्वारेन्टाईन भित्र वढी संक्रमण फैलिएको उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here