झापा /प्रतिनिधिसभाबाट आज शनिबार संविधान दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याइएको सो विधेयकलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
सो विधेयक पारित भएसंगै सबै नेपाली खुसि भएका छन् र अहिले साँझ देशभर दिपावली गर्ने क्रम बढेको छ । यसै क्रममा प्रधानमन्त्री र स्थानिय नगरबासीहरुको उपस्थितिमा दिप प्रज्वलन् गरी खुसियाली साटासाट गरिएको हो । केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि दिप प्रज्वलन् गरी खुसियाली मनाइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, झापाकाे आयाेजनामा भएकाे कार्यक्रममा गणतन्त्र चौकमा दमक नगरपालिकाका मेयर रोमनाथ ओली ,उपमेयर गीता अधिकारी लगायत जनप्रतिनिधि , राजनितिक दलका प्रतिनिधि, दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सबै नेपाली जनता र राजनितिक दलका नेताहरुले गर्व महसुस गर्नुपर्ने भन्दै नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई धन्यबाद ज्ञापन गरे ।
सो दिपावली कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्नु अत्यान्तै महत्वपूर्ण कदम र साहसिक काम भएको बताए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख र सबै सांसदहरुको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।
दिपावली कार्यक्रममा दमकमा सबै राजनितिक दलका प्रतिनिधिकाे सहभागिता रहेकाे राष्ट्रिय युवा संघ नेपाल झापाका संयाेजक शम्भु भण्डारीले जानकारी दिए । संयाेजक शम्भु भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन राष्ट्रिय युवा संघ नेपाल दमक नगर अध्यक्ष राम पोडेलले गरेका थिए । राष्ट्रिय युवा संघ नेपालले आजै बिषेश परिपत्र जारी गरी देशै भरी साझमा दिपावली गर्न अनुराेध गरेकाे थियाे ।