बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्वकाे उपचार भयाे, तर परीवारकाे भने अझै पत्ता लाग्न सकेन

0
655

दमक, २९ जेठ / झापाको दमकमा रहेको आम्दा अस्पतालमा एक बृद्ध  तिन महिना देखी बेवारिसे अवस्थामा रहेका छन् । उनको आफन्त तथा घर कहाँ हो अझै सम्म पत्ता लाग्न सकेको छैन ।

दमकको बसपार्कमा केही महिना अघि बिरामी अवस्थामा भेटिएका ६५ बर्षीय बेवारिसे बृद्धलाई दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटाले उद्धार गरेर आम्दा अस्पताल पुर्याएका थिए । त्यसपछि उनी अस्पतालमै महिनौ दिन देखी अलपत्र अवस्थामा रहेका छन् । दमकका लायन्सकर्मी तथा समाजसेवी कृष्ण राज दाहालले आज अस्पतालको बेडमा बृद्धलाइ देखे पछि सोधि खोजी गर्दा उनी अलपत्र अवस्थामा रहेको खुल्न आएको हो ।

बिरामीकाे अवस्था बारे जानकारी दिदै डाक्टर नबिन ढकाल

रोगले थल्लिएका बृद्धले आफ्नो घर कहिले भोजपुर त कहिले सुनसरीको चक्रघट्टी बताउने गरेका छन् । उनी संग सोधीखोजी गर्दा  दुइ छाेरा र एक छारी रहेका बृद्वले छोराहरुको नाम मनोज र दिपेन्द्र बताउने गरेका छन् । आफ्नो नाम पनि ज्ञानेन्द्र राई त कहिले योगेन राई बताउदै आएका उनको हाल औषधी उपचार र खानपानको ब्यवस्था आम्दा अस्पतालले नै ब्यहोर्दै आएको छ ।

गत फाल्गुन ११ गते वडा अध्यक्ष सापकोटाले फोन गरेर बिरामी पठाएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर नबिन ढकालले जानकारी दिए । अस्पताल ल्याउँदा बृद्धको धेरै तिर घाउ भएर अवस्था एक दमै नाजुक रहेको ढकालले बताए । उनले भने ४० दिन जति आइ.सी.यु मा राखेर उपचार गर्याै । बिरामी पठाएर त्यहि दिन बेलुका भेट्न पुगेका वडा अध्यक्ष साप्काेटाले बिरामीकाे सबै उपचारकाे खर्च वडा तथा नगरपालिकाले बेहाेर्ने भने पनि अहिले पटक पटक सम्पर्क गर्दा समेत बेवास्ता गरेको डा. ढकालले बताए ।

मेरुदण्डमा केही समस्या हुन सक्ने भएकाले एम आर आइ गर्नु पर्ने उनका भनाई छ । हाल अस्पतालमा यो सुबिधा नभएको कारण के भएको भन्न नसकिएको डाक्टर ढकालले बताए । बृद्धको अवस्था देखे पछि दमकका ब्यवसायी तथा लायन्सकर्मी दिवस राई र कृष्ण राज दाहालले लायन्स क्लबहरुको सहयोगमा बिरामीको एम आर आइ को लागि सहयोग गर्ने र बिरामीको आफन्तको खोजिको लागि समेत सहयोग गर्ने लागिएकाे लायन्स क्लबलायन्स क्लबअफ बिग बुद्धका उपाध्यक्ष कृष्णराज दाहालले बताए । आज देखिनै लायन्स क्लब अफ सेबिकाले बिरामीको खानपानमा समेत थप सहयोग गर्ने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here