वडा कार्यालय र स्वास्थ्य भवन शिलान्यास एकै साथ

0
340

दमक/ झापाको दमक २ स्थित मिलडाँडामा आज दमक २ को वडा कार्यालय र स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले ति दुवै योजनाको शिलान्यास गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवाहरुलाई वडा तहमै विकेन्द्रकृत गरेर संघीयताको वास्तविक अनुभुति दिलाउन सरकार लागिपरेको बताउनु भयो । वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार त्यहाँको कूल साढे १० कठठा जग्गामा ति दुवै कार्यालयको एक एक तले भवन निर्माण गरिनेछ ।

वडा कार्यालयका लागि ६४ लाख ५० हजार र स्वास्थ्य कार्यालयका लागि ६७ लाख ८३ हजार रुपैयाँ वजेट छुट्टिएको वडाध्यक्ष सापकोटाले जनाउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार एकैसाथ नगरका ६ वटा वडाका वडा कार्यालय भवन निर्माणका लागि संघीय सरकारबाट यो बर्ष ३ करोड ८७ लाख रुपैयाँ प्राप्त भएको र टेण्डर प्रकृयाबाट सबै वडामा एकैप्रकृतिका वडा कार्यालय भवनहरु बनाउने योजना छ । एक वार्ड कार्यालय बराबर ६४ लाख ५० हजार रुपैयाँ पर्न आउने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here