पटक पटक लकडाउनको म्याद थपे पनि दमकमा परेन कुनै असर, काेराेनाकाे जोखिम बढ्न सक्ने खतारा

0
1053

दमक,जेठ १८/ कोरोनाको संक्रमण संग जुध्न लकडाउनको बिकल्प नभएको भन्दै संघिय सरकारले पटक पटक लकडाउनको म्याद थपिरहंदा प्रधानमन्त्री केपि ओलीकै गृह नगर दमकमा चाहिँ लकडाउनको कुनै प्रभाव पर्न सकेको छैन ।

लकडाउन कार्यान्वयन गराउने निकाय स्थानिय सरकारको लपरबाहिका कारण दमक बजार खुल्ला हुन थालेको हो । नगरपालीकाले नागरिकको दैनिकि सहज बनाउन जोर र बिजोर गते छुट्ट्याएर पसल सञ्चालन गर्न दिने भनि निर्णय गरेको भए पनि त्यसलाई कसैले मानेको देखिएको छैन ।

नगरपालीकाले पनि निर्णय गर्नु बाहेक अनुगमन गरेको छैन । सरकारको निर्णय मान्दै आफुले पसल बन्द गरे पनि निर्णय अटेरी गर्नेहरुले लाखौं कमाई रहेको दमकका एक पसलेले गुनासो गरे । जोर गते खाद्यान्न सहित फलफुल तथा तरकारी पसल र बिजोर गते निर्माण सामाग्रि पसल र ग्यारेज मात्रै बिहान ८ बजे देखी १२ बजे सम्म सन्चालन गर्न पाईने भने पनि कपडा पसल देखी मोबाइल पसल सम्म दैनिक खुल्लै रहेका छन् । बाटोका छेउमा जुत्ता पालिस गर्नेहरुले पनि पसल फिँजाईरहेको देखिन्छ ।

बित्तिय संस्थाहरुलाई बर्ग अनुसार दैनिक पालो मिलाएर सञ्चालन गर्ने निर्णय गरिएको भए पनि ठुला भनिएका सहकारीहरु दैनिक सञ्चालन भैरहेका छन् । यसले गर्दा दमकमा कोरोनाको जोखिम उच्च रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here