कोरोना संक्रमित २३ सय पुगे, एकैदिन थपिए २०१ जना

0
197

काठमाडौं, जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

अहिलेसम्म पिसिआर परीक्षण ८० हजार २६७ जनाको भएको छ । क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आइसोलेसनमा २ हजार १३ जना छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here