दमकमा बन्ने भयो विश्वकै अग्लो बुद्धको मुर्ति, निर्माणस्थल घेराबाराको काम शुरु

0
3478

दमक/ झापाको दमक ३ मा निर्माण गरिने विश्वकै अग्लो बुद्ध मुर्ति निर्माणस्थल घेराबाराको काम शुरु भएको छ । संघीय सरकारले चालू आर्थिक बर्षमा सो घेराबाराका लागि एक करोड रुपैयाँ विनियोजन गरेपछि ठेक्का प्रकृयाबाट हेना कन्स्ट्रक्सनले ६८ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी सो सम्बन्धि कामको सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।

घेराबाराको आज बुधबार आयोजित कार्यक्रमका बीच नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले संयुक्त रुपमा सिलन्यास गरेका छन् । त्यहाँ ३५० मिटर लामो कंक्रिट र गृलको घेराबारा गरिने दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए  ।

नगर प्रमुख ओलीले सो  कार्यक्रममा  संक्षिप्त मन्तव्य राख्दै  यसक्षेत्रमा निर्माण हुने अन्तराष्ट्रियस्तरको यस्तो योजनाले  दमकलाई विश्वसामु परिचित गराउनुकोसाथै दमकबासीलाई गौरान्वित महसुस गराउने  बताए । उनले निर्धारित समय भित्रै घेराबाराको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here