सरस्वती माबिको धम्कीपुर्ण भाषाप्रति दमकका पत्रकार सम्बद्ध सङ्गठनको आपत्ती

0
1340

झापाको दमकस्थित सरस्वती माबि ले समाचारको बिषयमा निकालेको धम्कीपुर्ण बिज्ञप्तीप्रति दमकका पत्रकार सम्बद्ध सङ्गठनको ध्यानाकर्षण भएको जनाइएको छ ।

गत जेष्ठ ११ गते सप्तरङ्गी एफएम र कमल खबर डटकममा प्रशारित तथा प्रकाशीत समाचार झुटो भएको भन्दै ७ दिन भित्र प्रमाण पेश गर्न चेतावनी दिएको थियो । सोही बिषयमा मंगलबार दमकका सक्रिय पत्रकारका संघ सङ्गठनले एक बिज्ञप्ती निकाल्दै विरोध जनाएका हुन् ।

उनिहरुले समाचारमा चित्त नबुझे प्रेसकाउन्सिल लगायतका निकायमा उजुरी गर्न सकिनेमा सो बिद्यालयले धम्कीपूर्ण बिज्ञप्ती निकालेको भन्दै सो कदमको भत्र्सना गरिएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश एकका सदस्य बिमल लामिछाने ,नेपाल पत्रकार महासंघ झापा सदस्य अनिलदेब राई,नेपाल प्रेस सङ्गठन झापा सहसंयोजक टिकाराम उप्रेती,नेपाल प्रेस युनियन माईपश्चिम झापा अध्यक्ष बिष्णु सुब्बा ,प्रेस नेपाल संघिय उपाध्यक्ष कमन देवान ,नेपाल पत्रकार महासंघ प्रदेश एक पार्षद सदस्य मिनप्रकाश उप्रेती लगायतद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ,समाचारको श्रोत समाचारको सन्तुलन सिद्धान्त अनुसार रहेको र आचार सहिंताको पूर्णपालना भएको ठहर गर्दै निज सञ्चारमाध्यमलाई बिद्यालयले धम्कीपूण भाषाको प्रयोग गर्दै ७ दिन भित्र प्रमाण उपलब्ध गराउन दिइएको चेतावनीको कडा निन्दा र भत्र्सना गरिएको छ ।

दुबै सञ्चारमाध्यमले ,पुरै देश कोरोनाको संक्रमणसँग जुद्दै ,दमकको सरस्वती माबिका प्रधानध्यापक भने विद्यार्थी पुस्तकमा कमिशनको चक्करमा, भन्ने समाचार प्रशारण र प्रकाशन गरेका थिए । नेपालमा कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु नभएको अवस्थामा विद्यालयले भने पुस्तक परिवर्तन गरी गएको बर्षभन्दा दोब्बर मुल्यमा पुस्तक बिक्रि गरिरहेको छ । सरकारले बिद्यालयहरुलाई कुनै शुल्क नउठाउँन भनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here