पिसिआर परिक्षणको दायरा बढाउँदै कमल गाउँपालिका

0
704

झापा / छिमेकी पालिकामा कोरोनाको संक्रमण बढेपछि झापाको कमल गाउँपालिका सर्तक बनेको छ । शहर बजारमा लकडाउनको पुर्णरुपमा पालना भएको छ । गाउँमा भने खेतीबालीको समय भएकोले सामाजिक दुरीलाई ख्याल गर्दै कृषकहरुले आफ्नो काम गरिरहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन्

त्यस्तै उनले गाउँपालिका भित्र कोरोना परिक्षणको दर बढाउन लागिएको र क्वारेन्टीनहरु लाई ब्यवस्थित बनाउँदै पिसिआर परिक्षणका लागि थप किटको ब्यवस्थापन गर्न लागिएको बताइन्।

राहत बितरण पनि सक्रियका साथ भईरहेको उनकाे भनाई छ । एक चरणको राहत बाँडिसकेको र दोस्रो चरणको राहतका लागि वार्ड वार्डमा फुड बैंकको ब्यवस्था मिलाईने र राहत बितरण मात्र प्रभावकारी नहोला भनेर स्थानीयलाई रोजगारका कार्यक्रम समेत दिन लागेको काफ्लेले बताइन्

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फर्म भरेकाहरुको लगत संकलन गर्ने र अन्यको अवस्था हेरेर रोजगार दिन सकिने उनकाे भनाई थियो । साथै उनले अब खेतीपातीको समय भएकाले कृषि कार्यलाई समेत ब्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् । कमल गाउँपालिका आफैमा कृषिमा आधारीत गाउँपालिका रहेको बताउँदै उहाले कृषकहरुका लागि उचित ब्यवस्था गरिने बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here