लायन्स क्लबले बनायो सीमा सुरक्षाका लागि ७ वटा स्थायी सुरक्षा पोष्ट

0
2356

दमक / नेपाल भारतको सीमानामा लायन्स क्लबले शसस्त्र सीमा सुरक्षा बललाइ स्थायी सीमा सुरक्षा पोस्ट हस्तान्त्रण गरेको छ ।

हाल विश्वभर कोरोना भाइसको माहामारी फैलि रहेको बेला नेपाल भारत सीमा सिल गरीएको छ । खुल्ला सीमानाको कारण मानिसहरु भारतबाट लुकि छिपी नेपाल प्रवेश गरी रहेका छन् । यसरी लुकेर प्रबेश गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले यसलाइ रोक्न सरकारले  नेपाल प्रहरी र शसस्त्र प्रहरीलाइ नेपालको दक्षिणी सीमा क्षेत्रमा खटाएको छ ।

सुरक्षाका लागि सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाए पनि अस्थायी टेन्टका कारण सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी लाइ बस्न असहज भइ रहेको बेला लायन्स क्लब अफ इन्टरन्यासनल डिस्ट्रीक थ्री टु फाइभ, एम डी थ्री टु फाइभ अन्तरर्गतका दमक, उर्लाबारी, बिराटनगर र काठमाण्डौका गरी १२ वटा क्लब मिलेर शसस्त्र प्रहरी सिमा सुरक्षा बललाइ स्थायी पोष्ट बनाएर सोमबार गौरीगंज २ लालमतिमा एक र्कायक्रमका बिच उक्त पोष्ट हस्तान्त्रण गरिएको हो ।

लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रीक गर्भनर रेवत बहादुर कार्कीको आतिथ्यतामा उक्त पोष्ट त्यस क्षेत्रमा सीमा सुरक्षा लागि खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन पोख्रेललाइ हस्तात्रण गरीएको छ । कार्यक्रममा बोल्दै कार्कीले लायन्स सधै सेवामुखी भएको कारण झापा देखि काठमाण्डौ सम्मका लायन्सक्लबहरु मिलेर यस्तो संकटको अवस्थामा सिमा सुरक्षामा खटिएका सुरक्षा कर्मीलाइ सीमा सुरक्षाको निम्ती केही हद सम्म सहजहोस् भन्ने हेतुले क्लबहरु मिलेर पोष्ट निमार्ण गरीएको बताए ।

क्लबले नेपाल भारतको सीमा सुरक्षा को लागि माइ पश्चिमबाट हरेक दुइ देखि ३ किलोमिटरको दूरीमा करीब चारलाखको लागतमा ७ वटा पोष्ट निमार्ण गरीएको कार्यक्रम संयोजक प्रकास प्रसाइले जानकारी दिए ।

सोही अवसरमा सिमा सुरक्षा पोष्टको अनुगमनका लागि पुगेका प्रदेश १ का उधोग पर्यटन,बन तथा वातावरण राज्य मन्त्री बिजय विश्वासले लायन्सले गरेको कार्यको प्रंससा गरे लायन्स क्लबलेको जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारामा मात्र सिमित नभएर काम पनि गरेर देखाएको भन्दै मन्त्री विश्वासल लायन्सक्लब पनि यो संकटको घडिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्र पंतिमा रहेर काम गरीरहेको बताए ।

सुरक्षा पोष्ट हस्तान्त्रण कार्यक्रममा लायन्स क्लब अफ सेबिकाले लायन्सले निमार्ण गरेको सात वटै पोष्टको लागि वाटर डिस्पेसर समेत प्रदान गरेको थियो । एरिया चिफ बबर जंग थापा (किरण), एरिया कोरर्डीनेटर प्रहर क्षेत्री, एरिया कोरर्डीनेटर अजय अग्रवाल, पोष्ट निमार्ण संयोजक बिश्वास कास्यब, दमक, लखनपुर, गौरादह र उर्लाबारीका लायन्सकर्मीहरु र लियाे क्लबका सदस्यहरूकाे उपस्थिती रहेको कार्यक्रम लायन्स क्लब अफ माउण्ट एभरेष्टका अध्यक्ष मनोज शाहको अध्यक्षतामा भएको थियाे । लायन्स क्लब अफ लखनपुरका अध्यक्ष ज्ञानु पाैडेलले स्वागत मन्तब्य राखेका थिए  भने कार्यक्रमलाइ लायन्स क्लब अफ दमक युनाइटेडका  साजन श्रेष्ठले संचालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here