१ जनामा कोरोना संक्रमण देखिएपछी झापा गाउँपालीका सिल गर्ने तयारी

0
1068

झापा, १० जेठ । झापा गाउँपालीकाको अस्थायी क्वारेन्टिनमा रहेका एक ३३ वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भए लगत्तै थप संक्रमणको न्युनीकरण गर्न गाउँपालीका सिल गर्ने तयारी भइरहेको छ।

झापा गाउँपालिकामा समेत कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि सिल गर्ने तयारी भइरहेको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिए । भोली गाउँपालीकाको बैठक बसी गाउँपालीका सिल गर्ने तयारी रहेको निरौलाको भनाई छ।

शनिवार कोरोना संक्रमण पुष्टि भएका संक्रमित ब्याक्ती भारतको मुम्बईबाट चार दिन अघि झापा गाउँपालीका आएका थिए।निरौलाका अनुसार सीमाबाट उद्धार गरेर ति पुरुषलाई डिल्लीराज माविको क्वारेन्टाइनमा राखिएको थियो।उनलाई सिमाबाट सिधा क्वारेन्टिन ल्याइएकोले थप संक्रमित बढ्ने संभावना कम रहेको निरौलाको भनाई छ।

यसअघि झापाको तीन पालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । झापाको दमक, बाह्रदशी , कचनकवलपछि झापा गाउँपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । आज थप १ जनामा कोरोना पुष्टि भएसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ ।

दमक, बाह्रदशी १/१, कचनकवल ३३ र झापा गापामा १ जनामा कोरोना पुष्टि भइसकेको छ । कचनकवल, बाह्रदशी र झापा गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here