नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ३६ जना थपिए

0
234

काठमाडौं, १० जेठ  । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘क्वारेन्टाइन’मा बस्दै आएकाहरुको परीक्षण गर्दा संक्रमण देखिएको पुष्टि गरे । योसँगै हाल ४० जिल्लामा ५८४ जनामा संक्रमण देखिएको छ ।

यसअघि, शनिबारै बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा सर्लाहीको गोडैता कबिलास नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात पुरुष र एक महिला, बाराको करैयामाई गाउँपालिकाकी एक महिला, काठमाडौंका एक पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ पुरुष र चितवनको भरतपुर महानगरपालिका–६ का एक पुरुष रहेका छन् ।

उपचारपछि निको भएर ७० जना ‘डिस्चार्ज’ भइसकेका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण हालसम्म तीनजनाको मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here