कांग्रेस नेता प्रकाश प्रसाईको सहयोगमा पत्रकारहरुको बीमा गरिने

0
443

दमक,८ जेठ । नेपाल प्रेस यूनियनले झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको कोरोना बीमा निशुल्क गरिदिने भएको छ ।

यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरि दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना बीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका अनुसार बीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व नेपाली कांग्रेस दमक नगर सचिब प्रकाश प्रसाई र राेजीएड बाेर्डिग स्कुलले सहयोग पुरयाँउने भएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशसहित पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन बीमाको व्यवस्था गर्न लागिएको उनले बताए ।जोखिमका बाबजुद पनि सूचना प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति यूनियन चिन्तित भएकाले बिमा कार्यक्रम ल्याएको उनले वताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उनले जनाए । बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छन् ।

जिल्लामा पहिलोपटक यूनियनले यस क्षेत्रका क्रियाशील पत्रकारहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here