दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील

0
184

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ ।

२ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्थे । उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै बस्ने गरेको बताइएको छ । ती सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षण गरिने तयारी भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

साथै प्रहरीका परिवारलाई पनि क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी कोरोना परीक्षण गरिने बताइएको छ । संक्रमित दुवै प्रहरी लकडाउनको समयमा फिल्ड मा नै खटेर ड्युटी गरिरहेका थिए । यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । आज थप २ जनाका कोरोना देखिएसँगै प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here