कोरोना बाट बुटवलमा एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३ पुग्यो

0
345

गुल्मी । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

गुल्मीका संक्रमित पुरुषको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुने ४१ वर्षीय पुरुष रहेको बताइएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको दिन देखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । पेशाले शिक्षक रहेका उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट संक्रमण सेरेको आशंका गरिएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवकको मृत्यु भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here