एकै दिन ७१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३७५ पुग्यो ।

0
412

काठमाण्डौँ, ५ जेठ । सोमबार मात्र ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

संक्रमितहरु मध्ये धनुसा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाके नरैनापुर निवासी १२ जना पुरुष,दैलेख आठबिस १ निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ पुरुष रहेको मन्त्रालयले जानकारी गराएको छ ।

उनिहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here