बिदेशमा अलपत्र रहेका नागरीकलाइ तत्काल स्वदेश ल्याउनु पर्छ : सांसद लिम्बु (भिडियाे सहित )

0
501

काठमाण्डौ, ३ जेठ /  झापा क्षेत्र नं ५ नेपाली काग्रेसकी सांसद महेन्द्रा कुमारी लिम्बुले कोरोना भाइरसको महामारीको कारण सिमाना अलपत्र रहेका नागरीक लाइ तत्काल स्वदेश ल्याउनु पर्नेमा जोड दिएकी छन् ।

आर्थिक वर्ष २०७७/७८ को निती तथा कार्यक्रममा भइ रहेको छलफलमा सोमबार बोल्दै सांसद लिम्बुले सरकारले ल्याएको निती तथा कार्यक्रम जनताको हितमा नभएको बताएकी छन् । नेपाली काग्रेसा संसदिय दलको नेताले पेश गरेको संशोधनमा समर्थन गर्दै सांसद लिम्बुले बिदेशमा रोजगारीका लागि गएका र नेपाल भारत सिमानामा अलपत्र परेका नेपाली लाइ स्वदेश ल्याउनमा उदासिन रहेको भन्दै लिम्बुले अरु देशले आफ्ना नागरीक लगेको तर नेपालले भने किन नल्याएको भनेर आक्रोष ब्यक्त गरेकी छन् ।

गरीबको पार्टी भनेर चुनाब जितेपनि सरकारले गरीब लाइ मार पर्ने निती ल्याएर कुशल अभिभावक समेत बन्न नसेको बताइन् । सांसल लिम्बुले जनता कोरोनाको माहामारी बाट कसरी बाच्ने भनि रहेको बेला सरकार भने पानीजहाज र रेलको आश्वासनमै ब्यस्त रहेको बताइन् ।

सांसद लिम्बुले यस्तो महामारीबाट जनता लाइ बचाउन गरीब र बेरोजगार लाइ प्रति परीवार दश हजार नगद राहत दिनु पर्ने बताइन् । लिम्बुले झापाको भारत संग जोडीएको सिमानामा सुरक्षाकर्मी माथि पटक पटक भएको आक्रमणमा समेत सरकार मौन बसेको बताइन् । भष्ट्राचारमा डुबेको सरकार राष्ट्रियताको सबालमा समेत उदासिन भएको बताएन् ।

भिडियो हेर्नुहोस् ।

https://www.facebook.com/doonlinetv/videos/256083895733506/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here