दमकमा आवश्यक भनेर खाेलिएका सस्थालेनै अपनाएन्न सुरक्षित प्रबिधि, जाेखिम बढ्ने खतरा

0
689
created by dji camera

दमक /  विश्वभर  काेराेना भइरस महामारी रूपम फैलिएकाे छ । हाल सम्म विश्वभर  ४८ लाख बढी संक्रमित  बनिसकेका छन्  भने याे भाइरकाे कारण ३ लाख बढीकाे मृत्यु भइसकेकाे छ ।

नेपालमा पनि एकपछि गर्दै नेपालमा कोरोना संक्रमण हुनेको संख्या बढ्दो रहेको छ । झापासंग सिमा जोडिएको मोरंगको विराटनगरमा पनि कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमण शुरु भएको निक्कै भइसकेको छ ।  अव पुर्ण रुपमा लकडाउन पालना गर्नु पर्ने अवस्था आएको छ ।

 याे भाइरस एक ब्यक्ति बाट अर्काे ब्यक्तिमा सहजै सर्ने भएकाले  सामाजिक दुरी कायम राखेर सुरक्षित प्रबिधी अपनाइएन भने हामी जोखिममा रहन्छौ । याे भाइरस हालकाे अवस्थमा जाे काेहिमा पनि हुन सक्छ । नेपालमा यसकाे पर्याप्त जाँच नभएकाले पनि, काे संक्रमित हाे भन्ने  थाहानै  हुदैन ।

यस बाट बच्न सरकारले बिभिन्न चरणमा लक डाउन गरेकाे आज ५६ दिन भै सकेकाे छ । लक डाउनकाे सयममा अति आवश्यक कुरा अस्पताल, खाध्यान्न,एम्बुलेन्स,औषधी पसल,डेरी, कृर्षि भण्डार, निर्माण लगायतका पसल खाेल्नकाे लागि अनुमति दिएकाे छ । हाल यीनै क्षेत्रमा एकै ठाउमा  पहिले भन्दा बढी मानिसकाे घुइचाे लाग्ने गरेकाे पाइएकाे छ ।

काेराेना बाट बच्न सामाजिक दुरी कायम गरी सरकारले दिएको निर्देशन र सुरक्षाका लागि अपनाउन भनेका विधिहरुको पालना गरेको अवस्थामा हामि यसकाे संक्रमण बाट बच्न सक्छौ । तर झापाकाे  दमकमा अतिआवश्यक भनेर खाेलिएका पसलहरूमा नै यस्ता कुराकाे बेवास्ता गरेकाे छ ।

दमकमा संचालनमा रहेकाे स्वास्थ्य सस्थानै असुरक्षित रहेका छन्, अस्पतालमा काम गर्ने कर्मचारीनै अहिले डर सरी काम गर्नु परेकाे गुनासाे गर्न थालेका छन् । दमकका संचालनमा रहेकाे एक डेन्टल क्लिनिकमा काम गर्ने एक कर्मचारीले  आफु ले सुरक्षाकाे सामान ल्याउन पटक पटक भनेकाे तर संचालक पक्षले अनेक बहाना बनाइरहेकाेले आफुहरू असुरक्षित भएकाे आफन्त संग गुनासाे गरेकी छन् ।

यस्तै अवस्थाहाे भने दमकमा कसैलाइ काेराेना संक्रमण भएकाे खण्डमा स्थिति भयाभह हुन सक्छ । त्यसैले  हामी आफै पनि यस बारे सचेत हुनु पर्ने देखिएकाे साथै सम्बन्धित निकायले समेत यस बिषयमा बिषेश ध्यान पुर्याउन जरूरी देखिएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here