२५ बर्षमा दमक खानेपानी, बनायो रजत स्तम्भ

0
398

दमक,४ जेठ / खानेपानी तथा सरसफाई उपभोक्त संस्था दमक २५ बर्ष पुगेको उपलक्षमा आज रजत स्तम्भको अनावरण गरिएको छ ।

संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भका एक कार्यक्रमका विच दमक नगर प्रमुख रोमनाथ ओलीले अनावरण गरेका छन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा सुद्ध पिउने पानी वितरण गर्ने तर्पनि छलफल गर्नु पर्ने बताए । निजि क्षेत्र संगको सहकार्यमा संस्थाले बोतलको पानी उत्पादन गरी सस्तो मुल्यमा बिक्रि गर्न सक्ने भन्दै यस कार्यको लागी नगरपालीकाले सहयोग गर्ने भएकोले उचित प्रस्ताव लिएर आउन आग्रह गरे । त्यसैगरी हाल संस्थाको स्रोत भनेको भुमिगत पानी मात्रै भएकोले बगेर जाने पानीलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सके दिर्घकालीन स्रोत हुने नगर प्रमुख ओलीले बताए।
दमकमा धेरै सिमसार क्षेत्र रहेको भन्दै संस्थाका सचिव हरि सुवेदीले दमक खानेपानी संस्थाले बगेर जाने पानीलाई संरक्षण गरी सुद्ध बनाएर उपभोक्तालाई उपलब्ध गराउने तर्फ पनि छलफल भैरहेको बताए । संस्थाका उपाध्यक्ष तथा रजत स्तम्भ निर्माण समिति सम्योजक मिना कोईरालाले ५ लाख ५५ हजार ५ सय रुपैयाँको लागतमा रजत स्तम्भ तयार गरिएको जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here