बाँकेमा क्वरेण्टीनमा बसेका युवकको ज्यान गयो, स्वाब परीक्षण हुँदै

0
547

बाँके , ४ जेठ / नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका एक युवकको ज्यान गएको छ ।

दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको तर कारण खुल्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उज्यालोलाई जानकारी दिए ।

उनी केही दिनअघि भारतबाट आएका र शनिबार रातिदेखि बिसन्चो भएर बिहान ज्यान गएको उनले बताए । ती युवाको कोरोना परीक्षणका लागि नमुना सकलन गरी भेरी अस्पतालमा पठाइएको र आज रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने अध्यक्ष साहको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here