लायन्स क्लबकाे आयाेजनामा क्यान्सर सम्बन्धि सचेतना

0
565

दमक /  झापाको दमकमा सकृय रूपमा संचालनमा रहेका चार वटा लायन्स क्लब मिलेर शनिबार उर्लाबारीमा बाल बालिकामा हुने क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

दमकका लायन्स क्लब अफ दमक युनाइटेड,लायन्स क्लब अफ दमक इस्टर्न लाइन, लायन्स क्लब अफ दमक ग्रीन सिटी र लियाे क्लब अफ दमक इस्टर्नकाे  आयाेजनामा उर्लाबारीकाे नमुना बाल आश्रममा एक दिने सचेतना कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा एडभान्स अस्पतालका बालराेग बिशेषज्ञ अनिल थापाले बाल बालिकालाइ क्यान्सर सम्बन्धि  जानकारी गराएका थिए ।  लायन्स क्लबका रिजन चेयर पर्सन काेमल शाक्यकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमा बाल आश्रमका २२ जना बाल बालिका सहभागी रहेकाे  लायन्स क्लब अफ दमक युनाइटेडका प्रथम उपाध्यक्ष साजन श्रेष्ठ जानकारी दिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here