लायन्स क्लव अफ दमक युनाइटेडकाे अध्यक्षमा प्रकाश

0
1008

दमक, ३ जेठ  / लायन्स क्लव अफ दमक युनाइटेडकाे वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ । क्लबकाे शुत्रबार  सम्पन्न क्लवको साधारणसभाले इन्जिनियर प्रकाश गजमेरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेकाे छ ।

सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा साजन श्रेष्ठ, दितीय उपाध्यक्षमा बिकेक श्रेष्ठ, तृतीय उपाध्यक्षमा निर्पा गजमेर (गाेपाल) , सचिवमा प्रदिप गाैतम र कोषाध्यक्षमा डा.राेजन बस्नेत चुनिएको वर्ष २०१९-२० का अध्यक्ष इन्जिनियर सन्दिप बस्नेले बताए । उनले भने नयाँ नेतृत्व सहित थप रहेका पधादीकारी चुनेर छिट्टै नेतृत्वलाइ जिम्मेवारी हस्तान्तरण गर्ने छाै ।

दमकमा छाेटाे समयमा विभिन्न सामाजिक गतिविधि गरेर उत्कृष्ट क्लबमा नाम लेखाउन सफल रहेकाे लायन्स क्लव अफ दमक युनाइटेडमा दमकका सक्रिय युवाहरूकाे समुह रहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here