दमक ३ मा राहात स्वरूप श्रमिकलाई रोजगार, पहिलाे दिननै उत्साजनक सहभागिता

0
1443

झापा, ३ जेठ / झापाको दमक वडा नं. ३ ले हम्सेदुम्से सामुदायिक बन संगकाे सहकार्यमा  लकडाउनका कारण दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई रोजगारी दिन सुरूगरेकाे छ ।

वडा भित्र रहेकाे सामुदायिक बन क्षेत्रमा  बृक्षारोपण गर्नु पर्ने समय भएकाेले शनिबार बाट बन क्षेत्र भित्र झाडि फाड्ने, आप बगान गाेड्ने,खाल्टाे खन्ने कार्य सुरू गरीएकाे छ ।

पहिलाे दिन ९० जनाले काम सुरू गरेका छन्, परीवारकाे एक जनालाइ राेजगार दिने गरी वडा भित्रका ६ सय परीवारलाइ राेजगारी दिइने  वडा अध्यक्ष नबिन बरालले बताए ।  बरालले भने सुरक्षाका सावधानी सबै अपनाएर सामाजिक दुरी कायम हुनेगरी काम सुरू गरीएकाे छ ।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परीवारलाइ दुइ दिन राेजगारी दिइने र नेपाल सरकारले तोकेको दैनिक ज्याला वा खाद्यन्न श्रमिकले जे चाहान्छन् त्यो प्रदान गरिने वडा सचिब सन्दिप सुबेदीले जानकारी दिए ।

उक्त कार्य अन्तरगर्त पहिलाे दिन ५ टाेली बनाएर बनकाे भिन्न भिन्न क्षेत्रमा काम सुरू गरीएकाे छ ।  श्रमिकलाइ समाजिक दुरी कायम गराउन बन समिती र वडा कार्यलयले निगरानि गर्न हरेक टाेलीमा एक जना संवमसेवक समेत खटाएकाे हम्सेदुम्से सामुदायिक बन उपभाेक्ता समितीका अध्यक्ष हिमालय प्रसाद दाहाले जनाकारी दिए ।

वडा कार्यालयले वडाभित्र अन्य रोजगार प्रदान गर्न सकिने ठाँउहरुको खोजी गरी लकडाउन अवधिभर वडाका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरीरहेकाहरुलाई रोजगार दिने जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here