सरकारको नीति तथा कार्यक्रममा कृषि तथा रोजगारी सिर्जनालाइ जोड दिने

0
199

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेश हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।

संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बस्ने छ । सरकारले नीति तथा कार्यक्रममा कोरोना संक्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बताइएको छ । कोरोना जोखिमबाट परेको बहुपक्षीय असर र अर्थतन्त्र पूनरुत्थानमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

कोरोनाले श्रम बजार, निर्माण, उत्पादन, पर्यटन आगमनलगायतका क्षेत्रमा प्रभाव पारेकाले ३ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने गरी नीति तथा कार्यक्रम आउने बताइएको छ । सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गरी कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । साना तथा मझौला उद्योग र स्वरोजगारलाई प्रोत्साहन दिने तयारी गरिएको छ ।

हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममाफर्त पूर्ण आकारकै बजेट ल्याने सम्भावना रहेको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here