थप ५ जनामा कोरोना पुष्टी, सक्रमितको संख्या २५० पुग्यो

0
457

काठमाडौं, १ जेठ । नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सर्लाही धान्कौल नगरपालिका निवासी ४५ बर्षिय पुरुष, घनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० बर्षिय पुरुष र २० बर्षिय महिला, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १५ र ३५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।

यस अघि आजनै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here