थप १३ जनामा कोरोना पुष्टी, एकै दिन २४ जना सक्रमित बढे

0
470

काठमाडौं, २९ बैशाख । कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तु यसोधरा गाउ पालिका ८ र बुद्वभुमी नगरपालिका  ७ निवासी १५, १९, २३,३०,३२ र ३८ बर्षिय पुरुष हरु र रुपन्देही समिरमाई गाउपालिका ७ र लुम्बिनी सास्कृतिक गाउपालिका ६ निवासी २४,२६,२७,३०, ३२ र ४० बर्षिय पुरुषहरु र बर्दिया राजापुर ५ निवासी ११ बर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् । उनका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here