कांग्रेस दमक ९ ले बाड्यो बिपन्न परिवारलाई राहत

0
224

दमक, २७ बैशाख /  नेपाली कांग्रेस दमक वडा नम्बर ९ ले आज वडा भित्रका बिपन्न समुदायलाई राहत वितरण गरेको छ ।

लामो समय देखीको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने वडा भित्रका ६५ परिवारलाई आज राहत उपलब्ध गराईएको वडा सभापती राजकुमार गौतमले जानकारी दिए । लामो समय देखीको लकडाउनले खाना खानै समस्या परेको भन्दै वडाभित्रका नागरिकहरुले पार्टिमा आग्रह गरे अनुसार आज ६५ परिवारलाई राहत उपलब्ध गराईएको उनले बताए ।

दमक ९ दिपिनी टोलका ६५ बिपन्न परिवारलाई आज राहत उपलब्ध गराईएको र आगामी दिनमा पनि यस कास कार्यलाई निरन्तरता दिईने कांग्रेस नगर सदस्य मुकुन्द उप्रेतीले बताए । सोहि वडा निवासी समाजसेवी तथा कांग्रेसका सुभचिन्तक शिव शाह र सम्भु शाहको करिब १ लाख रुपैयाँ सहयोगमा आज ति परिवारलाई राहत उपलब्ध गराईएको उनले बताए । प्रति परिवार २५ किलो चामल, ४ किलो आलु, १ लिटर तेल, १ किलो नुन, १ किलो मटर, साबुन, दाल, बोडी सहितका राहत सामाग्री उपलब्ध गराईएको उनले बताए ।

राहत वितरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, जिल्ला सदस्यहरु उमाकान्त आचार्य, बिक्रम अधिकारी, रबी केसी, सहित स्थानिय नेता सोमराज तामाङ, चन्द्रा खड्का भट्टराई, पदम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here