कोरोनाको रेड जोनमा झापा, आजबाट अधिकाँश क्षेत्र खुल्ला

0
2335

झापा : झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ । नियमित अवस्थामा जिल्ला फर्कने छ ।

कोरोना संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समिति झापाको बैठकले खाद्यन्न, मल, बिउ विजन, हार्डवेयर, ईटा बिक्री केन्द्रहरु, र्बक तथा बित्तिय सस्थाहरु, ग्यारेज तथा मोटरपार्ट पसलहरु विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म खोल्न दिने निर्णय भएको हो ।

यसले अधिकाँश बजार खुल्ने निश्चित बनेको छ । यसभन्दा अघि खाद्यन्नमात्र यहि समयका लागि खुला गरिएको भनिएपनि लकडाउनको पूर्णपालना हुन सकेको थिएन । विकास निर्माण तथा अधिकाँश उद्योग एवं कारखाना खुल्ला गरिएपछि परिचयपत्र लगाएर सवारी साधन कुदाउन पाउने भनिएको छ ।

कोरोना जाँचको दायरा नबढेको र अहिले जाँच नै नभएको अवस्था रहेको छ । यस्तो अवस्थामा लकडाउन खुकुलो बनाउदै लैजादा जोखिम हुने चिन्ता पनि बढ्दै गएको गुनासो रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here