उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोभिड १९ परीक्षणमा तीव्रता

0
271

दमक, २५ बैशाख । सरकारले हटस्पटको रुपमा रहेका जिल्लामा कोरोना परीक्षणलाई थप तीव्रता दिएको जनाएको छ ।

उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २२ जना निकाे भएर घर फर्केका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here