दमकमा नेपाली कांग्रेसले दियो राहत बितरणमा तिब्रता

0
495

दमक , बैशाख २४ । नेपाली कांग्रेस दमक वडा नम्बर ४ को अगुवाईमा राहत वितरण गरिएको छ ।

दमक ४ वडा कार्यालयले समन्वय समिति गठन गरे पनि समन्वय समितिको बैठक नराखी तथा टोल विकास समितिलाई समेत समन्वय नै नगरी विभेदपूर्ण तरिकाले राहत वितरण गरेको भन्दै न्यून आय भएका मजदुर तथा विपन्न किसान परिवारलाई प्रतिपरिवार परिवार संख्याको आधारमा २५,१५,१० केजी चामल दाल लगायतका सामग्री राहत स्वरुप वितरण गरिएको नेपाल किसान संघ झापाका सभापति  राजेन्द्र भटराईले जानकारी दिए ।

वडा समितिको अगुवाईमा आज दमक–४ को कंचनजंगा टोलका ५३ परिवार, जानकी टोलका २२ परिवार र जनसेवा टोलका छुटेका ५ परीवारलाई संघिय सांसद महेन्द्र कुमारी लिम्बुको प्रमुख आतिध्यमा अति विपन्न मजदुरहरुलाई राहत वितरण गरिएको नेपाली कांग्रेस दमक नगर सचिब प्रकाश प्रसाइ ले जानकारी दिए । प्रसाइले भने राहत पार्टीका स्थानीयनेता, कार्यकर्ता, क्रियाशिल सदस्य एबम पार्टीका देश विदेशमा रहेका शुभचिन्तकहरु तथा उद्योगी ब्यबसायीहरुबाट जुटाईएको  हो ।

वाड समितीले यस अघी चियाबगानको कोठीलाईन, चिया बगान पूर्वमा रहेको सुकुम्बासी बस्ती, मालपोत कार्यालय पूर्वमा रहेका सुकुम्बासी बस्ती, ताराबारीको सुकुम्बासी बस्ती, मावा खोलाको डिलमा रहेका सुकुम्बासी बस्ती, दमक–४ स्थित बृद्धआश्रम, डाकिनी लगायतका स्थानका ५२५ अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको जनाएको छ ।

सो अवसरमा नेपाली काग्रेसका झापा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुन्डीराज भन्डारी नेपाली काग्रेस वडा समितीका प्रतिनिधी लगायलतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here