सिमामा कष्टकर जीवन विताउदै सुरक्षाकर्मी जिल्ला समन्वय समिति सहित झापाको जम्बो टोली द्वारा अनुगमन

0
461

झापा, बैशाख २३ / प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले सोमबार झापाको भद्रपुरदेखि भागडुब्बा सम्म अनुगमन गरेको छ ।

अनुगमन टोलील नेपाल भारत सिमामा रहेका ससस्त्र प्रहरी तथा जनपथ प्रहरीले स्थापना गरेका अस्थायी पोस्टको स्थलगत अनुगम तथा त्यहाँको पछिल्लो अवस्था एवं समस्याहरुको बारेमा जानकारी लिएको थियो । अधिकाँश अस्थायी प्रहरी पोष्टमा वस्नका लागि उचित आवास, पिउनका लागि स्वच्छ र सफा पानी , विद्युत र सञ्चारको समस्या त्यहाँ कार्यरत सुरक्षाकर्मीले व्यहोर्नुपर्ने समसया रहेको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा झापा जिल्लामा कोरोना संक्रमण, रोकथाम, उपचार तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलको नेतृत्वमा रहेको उक्त अनुगमन टोलीमा टोलीमा संघीय सांसद राजेन्द्र लिङ्देन, जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली, १ नम्बर प्रदेश सभा सदस्य बसन्त बानीया, भद्रपुर नगरपालीका प्रमुख, नेकपा झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेसका झापा सभापति उद्घव थापा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष कमलप्रसाद खरेल, राजपाका झापा जिल्ला अध्यक्ष अनुतसिहं राजवंशी, नेपाल रेडक्रस सोसाइटि झापा शाखा सभापति लोकराज ढकाल, सशस्त्र प्रहरी उपरक्षिक रेशमकुमार थक्सु, नेपाल प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइराला, जिल्ला समन्वय समितिका पदाधिकारी लगायतको सहभागिता थियो ।

हरेक पोष्टमा बस्नको लागि आवास, खाना, विद्युत, पिउने पानीसहित सञ्चारको समस्या रहेको टोलीलाई अवगत गराइएको थियो । प्रहरीको उपस्थिती भएपछि आपारधिक घटनामा कमि तथा खुला सीमानाका कारण मानिसले अनावश्यकरुपमा आवतजावत गर्ने क्रम घटेपनि पानी र हावाहुण्डरीका कारण सुरक्षाकर्मीले निक्कै कष्टकर जीवन विताउनुपरेको टोलीलाई जानकारी गराइएको थियो । सशस्त्र प्रहरीको अस्थायी पोष्टमा सिनियर र जुनियर अधिकृतको कमाण्ड रहने प्रहरीले जनाएको छ ।

अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सवै पालिकासँग सहकार्य र समन्वय गरी विशेष क्वारेनटाइन र अस्थायी प्रहरी पोष्टको समस्या समाधानका लागि दिर्घकालिन उपाय खोज्ने आश्वसन दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here