काठमाण्डौ / बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार भरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३ पुरुष र ४ महिला छन् । उनीहरु ९ देखि ५५ वर्ष उमेरका छन् ।उनि हरु सबै एउटै वार्डका रहेको समेत मन्त्रालयको बिज्ञप्तिमा जनाएको छ ।
उनीहरु सहैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।