सांसद लिम्बुद्वारा अाफ्नो क्षेत्रका स्थानियतहलाई सहयोग प्रदान

0
420

झापा/ काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि नेपाली काग्रेस झापा क्षेत्र न ५ को संयोजनमा प्रतिनिधि सभा सदस्य महेन्द्र कुमारी लिम्बुले आज नगद राहत हस्तान्तरण गरेकी छन् ।

सभासद लिम्बुले गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संयुक्त रूपमा २५ हजार रुपैयॉ र गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साह र उपमेयर गिता भेट्वाललाई २५ हजार रूपैयाँ नगद हस्तान्तरण गरेकी हुन् ।

नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गाैरीगंज सभापति राजेन्द्र कार्की, गौरीगंज वडा नं. ३ का अध्यक्ष मखना महताे, नेपाली कांग्रेस गौरादह सभापति यादव सेडाइ, गौरादह नपा वडा २ का अघ्यक्ष हेमन्त कार्की, नेपाल यातायात मजदुर संघ झापा जिल्ला  उपाध्यक्ष बालकृष्ण शेष्ठ लगायतकाे उपस्थितिमा उत्त राहत रकम हस्तान्तरण गरिएकाे हाे ।

त्यस्तै लिम्बुले गौरादह वडा नं. २ वडा कार्यालयलाई पनि ६ हजार रुपैयॉ प्रदान गरेकी छन् ।लिम्बुले वडा नम्बर २ का  अध्यक्ष हेमन्त कार्कीलाई  उक्त रकम हस्तान्त्रण गरेकी हुन् ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न नगर र गाउँपालिकाले एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा सभासद लिम्बुले व्यक्तिगतरूपमा राहत हस्तान्तरण गरेकाे बताईन् ।

यस अघि सांसद लिम्बुले दमक नगरपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समिती लाई १० हजार रुपैयॉ प्रदान गरेकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here