मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने

0
404

काठमाडौं – देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा भएपनि दिउँसोसम्म वर्षा हुने सम्भावना छ ।

दिउँसोसम्म देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागमा सामान्य वदली भई देशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here