दमक नगरपालिकामा एक पछि अर्काे नियम, हेर्नुहाेस् यस्ताे छ नयाँ नियम

0
2853

दमक, बैशाख १८ /  झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण फेला नपरेको बताईएको छ ।

नगरपालिकाले आज पनि वडा नं. ३ बाट कोरोना भाईरस संक्रमण भएको व्यक्तिको घर वरिपरीको क्षेत्रमा Contact History का आधारमा Contact Tracing गरी २५ जना र लाईफलाईन अस्पतालबाट १ जना गरि जम्मा २६ जनाको PCR (स्वाब) नमूना लिई परीक्षणका लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यसअघी ५४ जनाकाे PCR (स्वाब) नमूना लिई परीक्षणका पठाइएकाे थियाे जसमा सबैकाे रिपाेर्ट नेजेटिभ आएकाे थियाे ।

आजनै नगरपालिकामा नगरपालिका स्तरीय नगर प्रमुख श्री रोमनाथ ओली को संयोजकत्वमा दमक उद्योग वाणिज्य संघ, ईलाका प्रहरी, ईलाका प्रशासन, सशस्त्र प्रहरी बल सँग संयुक्त बैठक बसि बजार र आपूर्ति व्यवस्था सुधार गर्ने सम्बन्धमा बिभिन्नि निर्णय गरेकाे छ । यस अघि पनि पटक पटक नगरपालिकाले बजार खाेल्ने र बन्द गर्ने बिषयमा समयमा हेर फरे गर्दै आएकाे छ । तर नियम बनाएर उचित निगरानी नहुदा त्यसकाे खासै प्रभाब भने परेकाे नदेखिएकाे छ ।

दमक नगरपालिकाले आज, बजार र आपूर्ति व्यवस्था सुधार गर्ने सम्बन्धमा गरेकाे निर्णय

) अत्यावश्यक उपभोग्य सामाग्री बाहेकका अरु पसल व्यवसाय खोल्न नपाउने ।
२) फुटपाथ र सडकमा तरकारी तथा अन्य पसल व्यवसाय राख्न नपाउने ।
३) स्थानिय प्रशासन कार्यालयको सिफारिस बिना मोटरसाइकल, सिटीसफारी, टेम्पो, गाडी चलाउन
नपाउने ।
४) अत्यावश्यक काममा जानुपर्दा १ जना व्यक्ति मात्र निस्किन पाउने ।
५) व्यापारी व्यवसयीले उपभोक्तालाई लाईनमा राखि विक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने ।
६) दमक उद्योग वाणिज्य संघले माथि लेखिएका व्यवस्थाहरु पालना गर्न गराउन पहल गर्ने ।
७) बजार अनुगमन समिति, दमक उद्योग वाणिज्य संघका प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले नियमित
बजार अनुगमन गर्ने ।
८) बजार अनुगमन गर्दा पहिलो पटक सचेत गराउने र पटक पटक उल्लंघन गरेमा कारवाहीको प्रकृया
अधि बढाउने ।
९) लकडाउन पालना गराउन वडा कार्यालयहरुले टोल टोलमा स्वयंसेवक समूह बनाई परिचालन गर्ने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here