मुगाधन कृष्ण कुमारी प्रतिष्ठानले गर्याे अशक्त परिवारलाई खाद्यान्न सहयोग

0
355

दमक बैसाख १८ / सामाजिक क्षेत्रमा कृयाशील मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले दमक १० का एक अशक्त परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी प्रतिनिधिसभा सदस्य महेन्द्र कुमारी लिम्बुले मेरुदण्ड भाचिएका अशक्त उदयराज कार्कीको परिवारलाई चामल, दाल लगायतका खाद्यान्न हस्तान्तरण गरीएकाे संस्थाका सचिव पर्शुराम रिजालले जानकारी  दिए।

आज पीडितको घरमै पुगेर प्रतिष्ठानसहित नेपाली कांग्रेस दमक १० का सभापति घनश्याम खनाल, संस्थाका सदस्य सैगुन राई, नेपाल महिला संघका बडा सभापति निर्मला खनाल, कांग्रेस नगर सदस्य भानु न्यौपाने, स्थानीय प्रेम गौतम, लिला गौतम लगायतको उपस्थितिमा राहत उपलब्ध गराएको हो । ४७ बर्षिय कार्कीको केहि समय अघि रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लड्दा मेरुदण्ड भाँचिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here