दमक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण फेला नपरेको बताईएको छ ।
दमक नगरपानिका वडा नं. ३ मा एकजना व्याक्तिमा कोरोना भाईरस संक्रमण (COVID-19 Positive) देखिएकाे स्थान बाट १४ गते Contact Tracing गरेर ५४ जनाकाे स्वाब विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाईएको थियो । त्यहाँ जाच गर्दा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएकाे दमक नगरपालिकाले जनाएकाे छ ।
बैशाख १३ गते उक्त स्थानमा चार किल्ला तोकि लगाइएकाे तोकि लगाईएको घेरा हटाईएको छ। एकजनामा काराेना देखिए पछि वडानै सिल गरीएकाे थियाे । सुरक्षा घेरा हटाए पनि लक लाउन चलिरहेकाे हुँदा उक्त क्षेत्रमा समेत घर बाहिर निस्कन र अत्यावस्यक काममा बाहेक हिडडुल गर्न नपाईने नगरपालिकाले जारी गरेकाे बिज्ञप्ती मा जानकारी गराइएकाे छ ।