मकै फल्याे तर हेर्दा खाेया मात्र, किसानलाई ऋणको भार

0
857

गोपाल झापाली, झापा,  वैशाख १४ / कोरोनाका कारण लम्बिएको लकडाउनका कारण उत्पादित कृषि उपज विक्रि गर्न नपाएका झापाका किसानलाई फेरि अर्को मार परेको छ ।

व्यवसायीक रुपमा गरिएको मकैखेतीले यसवर्ष किसानलाई थप मार पारेको हो । मकैमा दाना लाग्नु पर्ने बेलामा खोयामात्र फले पछि किसानहरुमाऋणको भार थपिने देखिएको हो । झापाको कमल गाउँपालिका वडानं. ७ का किसान महेन्द्र दाहालले आफुले करिव डेढ विगाहामा लगाएको मकैका कारण ऋणको भार थपिएको बताए । ऋण गरेर बिउ, मल, सिँचाईमा खर्च गरे पनि अहिले घोगा

विनाका मकैका ढोड मात्र निकाल्न पनि थप ऋण काड्नु पर्ने अवस्था आएको बताए ।

गाउँपालिका कृषि शाखाका अनुसार वडा नं. ७ लगायत ३ र ६ मा समेत यस प्रकारको समस्या देखिएको छ । लक डाउनका कारण घर देखि टाढा खेती भएका किसानहरु नियमित रुपमा खेतमा पुग्न समेत कठिन थियो, तर अहिले केहि किसानको समस्या बाहिरिए पछि अरु किसान पनि बारीमा पुग्न थालेका छन् । अहिले मकैमा घोगा लाग्ने बेला भएकाका कारण अन्य वडाहरुबाट समेत दाना नलागेको समस्या किसानहरुले जानकारी गराई रहेको कृषिशाखा प्रमुख महेन्द्र बोहोराले बताए । यसप्रकारको समस्या देखिने क्रम बढ्दो छ ।

मकैमा दाना नलागेको समस्या पछि अनुगमनमा पुगेका गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले किसानहरु समस्यमा परेको पाईएको भन्दै कसका कारण योसमस्या सिर्जना भएको हो भनेर अनुसन्धान थालिएको बताए ।

सुचीकृत नभएको बिउले समस्यामकैमा दाना नलाग्ने समस्याको एउटा कारण सुचीकृत नभएको बिउ पाईएको छ । वडा नंं ७ का किसान दाहालले आफुले हाईव्रीड ८२६ जातको मकैको बिउ रोपेको बताए । तर गाउँपालिकाको कृषि शाखाले भने नेपालका लागि यो विउ सुचिकृत नभएको जनाएको छ । सुचीकृत नभएको बिउकाकारण किसानले नोक्सानी व्यहोर्नु परेको विक्रेता जिम्मेवार हुनुपर्ने शाखा प्रमुख बोहोराको भनाई छ । किसानले भने आफुले बिउ बिक्रेतालाई अन्य जातको बिउ मागे पनि बढि फल्ने भन्दै सोहि विउ दिएको बताएका छन् ।

खुल्ला सिमानाका कारण भारतीय बिउ सहजै बजार सम्म आउने र कतिपय किसानआँफै सिमावर्ती भारतीय बजार पुगेर समेत आफुखुसी बिउ ल्याउने गरेका छन् । सुचीकृत नभएका कृषि उपजका बिउ रोप्दा विभिन्न समस्या झेल्नुपर्नेभन्दै गाउँपालिकाले अन्य बालीमा समेत सुचीकृत बिउ समेत रोप्न आग्रह गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here