साहसी महिला एम्बुलेन्स चालकलाइ संसद लिम्बु द्वारा प्रशंसा सहित सम्मान

0
1280

दमक /  झापा दमककी सहासी  एम्बुलेन्स चालकलाइ संघीय संसद तथा नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्रा कुमारी लिम्बुले प्रशंसा सहित पुरस्कृत गरेकी छन् ।

कोरोना भाईरस कोभिड-19 को संकटको समयमा निडरपूर्वक  सङ्क्रमित व्यक्ति लाई कोभिड  एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने साहासिक एम्बुलेन्स चालक लिला बस्ताकोटीलाइ उनको कार्यको प्रशंसा गर्दै हौसला बढाउन सांसद लिम्बुले रु ४ हजार नगद सहित पुरस्कृत गरेकी छन् ।

बस्ताकोटी केही दिन अधि कोराना भाइरसका संक्रमित ६२ वर्षीय पुरुषको स्वाव परीक्षण पोजिटिभ देखिएपछि निजलाई राति ९ बजे दमक अस्पतालबाट कोशी कोभिड अस्पताल पुर्याएकी थिइन् ।  उक्त कुरा दमक नगरपालिकाकी उप मेयर गिता अधिकारीले समाजिक संजामा सेयर गरे पछि बस्ताकोटीकाे सहासकाे  सबै तिर चर्चा भइ रहेकाे छ ।

दमकमा  काेराेना नियब्त्रणकाे लागि दमक नगरपालिकाले गरेकाे हाल सम्म भएका कार्य बारेमा आज दमक नगरपालिकामा  बसेको नगर समन्वय समिति बैठकमा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा हाल सम्म भए गरेका कार्यहरुको बारेमा नगरपालिकाको तर्फबाट नगर प्रमुख, उप-प्रमुख गिता अधिकारी र दमक अस्पताल तथा आम्दा अस्पतालका तर्फबाट अस्पतालका प्रमुखहरुले जानकारी गराएका थिए । छलफलमा आगामी दिनमा काेराेना नियब्त्रणकाे अबलम्बन गर्ने कार्य हरुको बारेमा छलफल गरिएकाे थियाे ।

बैठकमा  नगर प्रमुख रोमनाथ ओली, संघीय संसद महेन्द्रा कुमारी लिम्बु, प्रदेश सभा सदस्य अर्जुन राई तथा दमक नगर स्तरीय बिभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि समेतको सहभागितामा रहेकाे थियाे ।

सो अवसरमा स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव भएको मा ध्यान आकर्षण गराउदै । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोबल उच्च बनाउनु कुनै कमि हुन नदिन नगरपालिकालाइ आग्रह गरेकी छन् । साथै लकडाउनको समय लामो हुदै जाँदा थप राहातको ब्याबस्थापन र बितरण मा सर्वदलीय समिति मार्फत बितरण गर्न नगरपालिकालाई संसद लिम्बुले  सुझाव  दिएकी छन् ।

 बैठक पछि दमक अस्पतालकाे अस्पतालको आइसोलेसनमा पुगि त्यहाँ राखिएका  पुरुष १ जना र महिला २ जनाकाे अवस्था साथै उपचारको अबस्था र अस्पताल को ब्याबस्थापका बारेमा जानकारी समेत लिएकाे संसाद लिम्बुले बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here