दमक नगरपालिकाले जारी गर्याे अत्यन्त जरूरी सूचना, के छ सूचनामा हेर्नुहाेस्

0
3467

दमक नगरपालिका कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना ।।।

• भोली २०७७ साल वैसाख १७ गते देखि लकडाउन अवधिभर अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिका लागि
निम्न अनुसारको ब्यबस्था गरिएको छः-

1. अत्यावश्यक बस्तुहरु खाद्यान्न‚ तरकारी र ग्याँस हरेक दिन दिउँसो १२.०० वजे देखी २.०० वजे सम्म
दिनको २ घण्टा मात्र खरिद बिक्री गर्न पाइनेछ । अरु समय पसल बन्द गर्नुपर्नेछ । तोकिए बाहेक अरु
सामग्री बिक्री वितरण गर्ने पसल लकडाउन अवधिभर वन्द रहनेछन् ।

2. अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरुले सामाजिक दुरी कायम हुने गरी
उपभोक्तालाइ लाइनमा राख्ने ब्यबस्था गरेर मात्र विक्री गर्न पाइने छ । अन्यथा विक्री गर्न पाइने छैन ।

3. दुधमात्र विक्री गर्ने पसलहरु दैनिक विहान ६.०० बजेदेखी ८.०० बजेसम्म २ घण्टामात्र खुल्ला गर्न
पाइनेछ ।

4. औषधीजन्य पसलहरु साविक बमोजिम नै खुल्ला रहनेछन् ।

5. अत्यावश्यक कामका लागि घर वाहिर निस्किदा सामाजिक दुरी कायम हुने गरी १ जना ब्यक्ति मात्र
निस्किन पाइनेछ ।

6. होम डेलिभरीको व्यवस्था कायमै राखिएको छ।

7. माथि लेखिएका कुराहरु उलङ्घन गरेमा कानुन वमोजिम कारवाही हुनेछ ।

घरभित्रै बसौकोरोना भाइरसबा, ट बचौं र बचाउँ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here