झापा, बैशाख १४ / झापा दमकमा एकजनामा कोरोना संक्रमण फेला परेपछि यसबाट थप ब्याक्तिहरुमा सरेको हुनसक्ने भएकाले आज बाट RDT परिक्षण सुरु गरीएको छ ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको Contact Tracing लाई आधार बनाएर नगरपालिकाले दमक अस्पतालका प्रमुख डा. खड्कलाल पयाङगु लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोलि परिचालन गरेको छ ।
शनिवार नगरपालिकामा स्वाबको नमुना संकलन तथा आरडिटी परीक्षण लगायतको बिषयमा स्वास्थ्यकर्मीलाई प्रदेश सरकार र जन जनस्वास्थ्य कार्यालय झापाको सहकार्यमा अभिमुखिकरण सहित आवश्यक सहजीकरण गरिएको थियो ।
शनिबार साँझ अबेरसम्म लगाएर योजना बनाएर आज विहानैदेखि फिल्डमा स्वास्थ्यकर्मिको टोली संक्रमण भेटीएको वडामा खटिएको छ ।
आज दिन भर कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिलो चरणमा स्वाब परीक्षण हुने दमक ३ का वडा अध्यक्ष नबिन बरालले जानकारी दिए ।
नगरपालिकाले शुक्रबार देखिनै दमक वडा नं ३ मा कोरोना भाईरस संक्रमण पाेजेटिभ देखिएको स्थान वरिपरी उत्तरमा मावा पूल देखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म यति चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधिका लागि पूर्ण रुपमा निषेध गरी सकेकाे छ ।