दमक, बैशाख १३ / दमक वडा न. ३ स्थीत कोरोना भाईरस संक्रमण देखिएको स्थानमा PCR (स्वाब) नमुना संकलनका लागि अभिमुखिकरण सम्पन्न भएकाे छ ।
दमक नगरपालिका र दमक नगरपालिका आसपासका पालिकाका प्रयोगशालाकर्मीहरुलाई भोलि १४ गते देखि दमक वडा न. ३ स्थीत कोरोना भाईरस संक्रमण देखिएको स्थानमा PCR (स्वाब) नमुना संकलनका लागि १ नं प्रदेश र प्रदेश सरकार र जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट आज दमक नगरपालिकामा अभिमुखिकरण गर्ने कार्य सम्पन्न भएकाे छ ।
साथै संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको Contact Tracing गर्नकालागि नगरपालिकाले दमक अस्पतालका प्रमुख डा. खड्कलाल पयाङगु लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोलि परिचालन गर्ने नगरपालिकाले जनाएकाे छ ।
नगरपालिकाले हिजै देखि दमक वडा नं ३ मा कोरोना भाईरस संक्रमण पाेजेटिभ देखिएको स्थान वरिपरी उत्तरमा मावा पूल देखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म यति चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध गरी सकेकाे छ ।
सूचना सो स्थानमा नमुना संकलन गरि नतिजा प्राप्त नभए सम्मका लागि पूर्ण रुपमा निषेध रहेको सबैका लागि जानकारी गराएकाे छ ।
दमक ४ स्थीतमानसरोवर कलेजको क्वारेन्टाईनमा २१ जनार दाहाल प्रतिष्ठानमा ६ जना र दमक (६ स्थित जामे मस्जिदमा १४ जना गरी जम्मा ४१ जना क्वारेन्टाइनमा रहेकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसालै विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी भइरहेको छ ।
आज दमक अस्पतालको आइसोलेसनमा पुरुष १ जना र महिला २ जना गरी जम्मा ३ जना बिरामीहरु रहेका छन। जसकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाएकाे छ ।
दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा आज पुरुष २ जना, महिला १ जना गरि ३ जना र आम्दा अस्पतालमा रहेको फिभर क्लिनिकमा हिजो मिति १जना पुरुष र १ महिलाको स्वास्थ्य जाँच गरिएकोमा निजहरुको अवस्था सामान्य रहेको नगरपालिकाले जारी गरेकाे विज्ञप्तिमा जनाएकाे छ ।