लकडाउनको समय थप्न समितिको बैठक बस्दै, अझै कति लम्बिएला ?

0
339

काठमाडौं,  बैशाख १३   । सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । लकडाउनको ३३ दिन पछि अझै थप गर्ने वा नगर्ने भन्ने विषयमा आजको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकमा निर्णय हुने समितिले जानकारी दिएको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण आमजनताको दैनिक जिवन कैदी बन्दी जस्तै भए पनि कोरोना संक्रमणलाई रोक्न बन्दा बन्दीको विकल्प भने छैन । बन्दा बन्दीले काठमाडौंलगायतका अन्य ठुला शहर शुनसान प्राय छ ।

तेस्रोपटक थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ । सोही समितिलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

पछिल्लो समयमा संक्रमितको संख्या बढ्सँगै लकडाउन पनि बढ्न सक्ने समितिको एक अधिकारीको भनाई छ । अहिले नेपालमा संक्रमितको संख्या ४९ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ११ पुगिसकेको छ । बिहीबारमात्रै मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छिमेकी मुलुकमा संक्रमणको स्थिति हेरेर मात्र लकडाउन हटाइने वा थप बढाउने बताएका छन् । भारतमा बढ्दो संक्रमणसँगै नेपालमा लकडाउनको समय थपिने निश्चित जस्तै बनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here