बिर्तामोडको मस्जिदबाट दमक ल्याईएका ९ जना भारतीय मुश्लिम धर्म गुरुहरुलाई बिरोधपछि उतै फिर्ता

0
1254

दमक/ कोरोना भाइरस संक्रमण भए नभएको जाँच पश्चात कोरोना संक्रमण पुष्टि नभएपछि झापाको दमक ६ स्थित मश्जिदलाई नै क्वारेन्टाईन बनाएर यहाँ रहेका १४ जनालाई राखिएको छ ।

मश्जिदलाई नै क्वारेटाइनको मान्यता दिएर उनिहरुको नियमित रुपमा नगरपालिकबाट नै रेखदेख हुँदै आएको छ ।

यहि क्रममा बिर्तामोडको एक मस्जिदमा रहेका धर्मगुरुहरुलाई एम्बुलेन्सबाट साँझमा दमक ल्याईएको जनाईएको छ ।

स्थानीयले यो थाहा पाएपछि बिरोध जनाउदै सडकमा आएका थिए । स्थानीयको अवरोध र बिरोधपछि एम्बुलेन्समा नै उनिह्ररुलाई जताबाट आएको त्यतै फर्काईएको जनाईएको छ ।

उनिहरुको कोरोना जाँचमा कसैलाई पनि कोरोना देखिएको थिएन । त्यहि भएर एकै ठाँउमा राख्न खोजिएको बताईन्छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उनिहरुलाई फिर्ता पठाईएको बताए ।

जताबाट आएकाहुन् उनिहरुलाई त्यतै फर्काईएको छ, उनले भने ।

स्थानीयले क्वारेन्टाइनमा लैजानका लागि माग गरेका थिए । बिरोध भएपछि साँझमा मस्जिद आसपास कडा सुरक्षा पारिएको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here