दमक / काेराेना भाइरसकाे माहामारी राेकथामकाे लागि दमक नगरपालिकाले छुट्टै समिति कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरेकाे छ । उक्त समितिले दमक क्षेत्रमा बिभिन्न गतिबिधि गर्दै अाएकाे छ । त्यस्तै लक डाउनलाइ थप कडाइ गर्न सुचना सर्वजनिक गरेकाे छ ।
दमक नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको अत्यन्त जरुरी सूचना ! यस प्रकार छ ।
• अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ ।
• दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न पाइने छैन ।
• तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न पाइनेछ । डेरी पसल मात्र भए विहान ७:०० देखि ८:०० बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ ।
• लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउन पाइने छैन ।
• कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने र मूल्य सूची नराख्ने व्यापारीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
• ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ।
• उपरोक्त अनुसारका व्यवस्थाहरु पालना नगर्ने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।