नयाँ काममा अवसर, यसरी हुदैछ लक डाउनकाे सदुपयाेग

0
845

झापा , ८ बैशाख, कोरोना भाईरस नियन्त्रणका लागि सरकारले चरणवद्धरुपमा लकडाउन लम्ब्याई रहँदा जनजीवन कष्टकर बन्दै गएको छ । विश्वव्यापी आवश्यकताका आधारमा सरकारले लकडाउन थपे पनि सर्वसाधारणले यसको पालना गरि रहेका छन् । लकडाउन पालनासँगै विभिन्न पेशा र व्यवसायमा आवद्धहरु भने फरक दैनिकीमा अभ्यस्त हुने प्रयास तर्फ लागेका छन् ।

झापाको झापा गाउँपालिका स्थिल दयालधापका काजी राउत झापाकै दमकमा होटल व्यवसाय गर्छन् । तर कोरोनाका कारण व्यसाय सिथिल हुँदै गए पछि उनी लकडाउन शुरु हुन भन्दा दुई दिन अघि घर पुगे । लकडाउनको पहिलो साता परिवारसँगै रमाईलोमा विते पनि त्यस पछि भने उनी दैनीकीलाई सहज बनाउने प्रयासमा जुटेका छन् ।

बाँसका विभिन्न सामाग्री बनाउने उनको पुरानो शिप अहिले उपयोगमा आएको छ । ‘एक दशक म बाँसबाट डोका, र्याक, फूलदानी जस्ता समानहरु बनाउँथे तर यो काम छोडेको धेरै भई सकेको थियो’ आफ्नो नियमित व्यवसायलाई वन्द गरेर घरमा बसेका राउतले भने–‘अहिले त्यहि पुरानो शिप उपयोगमा आएको छ, गाउँघरबाट पनि यस्ता सामाग्रीको माग आउन थालेको छ ।’ लकडाउनको समय बिताउने बहानाको रुपमा प्रयोग गरेका शिपले अहिले आम्दानीको बाटो समेत देखाउन थालेको छ ।

यस्तै झापाकै कमल–६ का शिक्षक दिपक खड्काले पनि लकडाउनका १० दिन जति परिवारसँगै रमाईलो गरेर विताए । तर त्यस पछि त्यसै बसि रहन झनै गाह्रो भयो । अहिले उनी चैते धान गोडमेल तथा खेतीका अन्य काममा व्यस्त हुन थालेका छन् । ‘आफुले नगर्दा यहि काम खेताला लगाउँनु पर्ने हुन्थ्यो’ उनले भने–‘खेतीको कामले लकडाउनको सकसपूर्ण समय विताउन सजिलो भएको छ भने आफ्नो काम आँफै गर्दा खेताला लगाउनु पर्ने पैसा पनि जोगिएको छ ।’

अध्ययन्मा रुची भएका नेपाल बैंक गौरीगञ्ज शाखामा कार्यरत दयाराम खड्काले यो समयलाई आफुलाई मन परेका पुस्तकहरु अध्ययन्मा उपयोग गरे । तर दुईसाता लगातार अध्ययन् पछि उनले पनि दैनिकीमा खेतीलाई जोडे । कार्यालय समय घटेर दैनिक ३ घण्टाको भए पछि बाँकि समय अध्ययनमा विताएका उनले अहिले भने खेतीमा पनि समय दिन थालेका छन् । ‘छोटो समय कार्यालय गईन्छ, बाँकि समय अध्ययन्मा विताईयो’ खड्काले भने–‘तर अध्ययन्मा पनि धेरै समय केन्द्रित हुन गाह्रो भए पछि साँझ विहानको समय खेतीमा विताउने गरेको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here